Sagun Khabar
बिडिसिए कप क्रिकेट : एनआरवाइसी सेमिफाइनलमा

बैतडी- बैतडीमा जारी २० औं संस्करणको बिडिसिए कप जिल्लास्तरीय एकदिवसीय क्रिकेट प्रतियोगितामा एनआरवाइसी टिम सेमिफाइनलमा पुगेको छ।आज सम्पन्न लिग चरणको खेलमा नवजागृती क्रिकेट क्लबमाथि २३२ रनको बिशाल जित निकाल्दै एनआरवाइसी सेमिफाइनलमा पुगेको हो।

जितका लागि पाएको ३५३ रनको विशाल लक्ष्य पन्छाएको नवजागृती ३०.१ ओभरमा १२० रनमा समेटय। उसका सुरज ठगुन्नाले १८ र दीपक भण्डारीले १७ रन जोडे । एनआरवाइसीका लागि सुरज बोहरा र मदन चन्दले ३ र ३ विकेट हात पारे।

Atrya hospital

यसअघि दशरथचन्द खेलमैदान, सुन्दरखालीमा टस जितेर ब्याटिङ गरेको एनआरवाइसी ४७.३ ओभरमा ३५२ रनमा अलआउट भयो। जसमा डम्मर तिरूवाले शतकीय पारी खेल्दै ११३ रनमा अविजित रहे। यस्तै आकाश चन्दले ५५ र नरेश चन्दले ५१ रनको योगदान गरे। नवजागृतीका पञ्कज लुहारले ४ र रमेश बोहराले ३ विकेट हात पारे।एनआरवाइसीका डम्मर तिरूवा म्यान अफ द म्याच भएका स्कोरर तीलक बोहराले जानकारी दिनुभयो ।

हारसंगै नवजागृती लिगचरणबाट घर फर्किएको छ।बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा मंसिर १६ गतेदेखि शुरू भएको प्रतियोगितामा १३ टोलीको सहभागीता रहेको छ।प्रतियोगितामा सहभागी हुने १३ टोलीलाई चार समूहमा विभाजन गरि खेलहरू भइरहेका बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोद बहादुर चन्दले जानकारी दिनुभयो ।

यो बर्ष बिडिसिए कप वान डे फम्र्याटमा भइरहेको बैतडी जिल्ला क्रिकेट संघले जनाएको छ। विगत बर्षहरुमा टी–२० फम्र्याटमा सञ्चालन हुँदै आएको प्रतियोगिता यो बर्ष ५० ओभरमा भइरहेको बैतडी जिल्ला क्रिकेट संघका सचिव सिद्धराज बोकटीले बताउनुभयो। 

प्रतियोगिताको विजेताले ५० हजार नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेताले ३५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने बैतडी जिल्ला क्रिकेट संघले जनाएको छ ।प्रतियोगिताले क्रिकेटको विकासका साथै खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास गरिएको छ।१९ औं संस्करणको उपाधि पञ्चकोटी क्रिकेट क्लबलाई १२९ रनले स्तब्ध पार्दै निङलाशैनी क्रिकेट क्लबले हात पारेको थियो 

प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  १६:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update