Sagun Khabar
जिल्ला अस्पताल बैतडीले शनिबार पीसीआर परीक्षण नगर्ने 
Atrya hospital

बैतडी- जिल्ला अस्पताल बैतडीको पीसीआर प्रयोगशालामा शनिबार कोरोना परीक्षण नहुने भएको छ । कोरोना संक्रमणको जोखिम घट्दै गएकाले अबदेखि शनिबार कोरोना परीक्षण नगर्ने जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीले जानकारी दिए । 

यस्तै कोरोना परीक्षणका लागि नेपाल सरकारले तोकेका मापदण्ड भित्र परेकाहरुको मात्रै निशुल्क पीसीआर परीक्षण गरिने र अन्यका हकमा एक हजार शुल्क लाग्ने पनि अस्पतालले जारी गरिएको सूचना उल्लेख गरिएको छ ।

लक्षण भएका बिरामी र कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्तिहरुको मात्रै निशुल्क पीसीआर परीक्षण गरिने अस्पतालले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, साउन १, २०७८  १७:५३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update