Sagun Khabar
डिसहोममा  पाँच सयको  रिचार्ज गर्दा बैतडीका थापाले जिते १ लाख  

बैतडी- बैतडीका एक जना डिसहोम ग्राहकले लक्की ड्र मार्फत १ लाख  रुपैँया जितेका छन्। जिल्लाको  दशरथचन्द नगरपालिका वडा नं  ३ का प्रताप थापाले डिसहोम ग्राहक  लक्की ड्र मार्फत १ लाख जितेका हुन् ।

दशरथचन्द नगरपालिका वडा नं २ देहिमाण्डौँमा रहेको थलाल इलेक्ट्रोनिक एण्ड सप्लायर्स मार्फत डिसहोममा पाँच सयको रिर्चाज गर्दा थापाले लक्की ड्र मार्फत १ लाख जितेका हुन् । लक्की ड्र मार्फत एक लाख जितेका डिसहोम ग्राहक थापालाई आज एक कार्यक्रमका  बिच  चेक हस्तान्त्रण गरिएको थलाल इलेक्ट्रोनिक एण्ड सप्लायर्स देहिमाण्डौँका सञ्चालक नैनसिंह थलालले जानकारी दिए ।

Atrya hospital

दशरथचन्द नगरपालिकाका नगरप्रमुख पुष्कर राज जोशी र डिसहोमको  केन्द्रिय कार्यालयबाट आएको  टिमले थापालाई  १ लाखको चेक हस्तान्त्रण गरेका हुन् । नगरपालिकाका नगप्रमुख लख्खाभाई लगायतका जनप्रतिनिधि र केन्द्रबाट आएको  डिसहोमको    टिमलाई कालापाट टेड्रस एण्ड सप्लार्यसका  सञ्चालक  ध्वज बहादुर  थलालले  स्वागत गरेका थिए ।  

डिसहोममा  एक वर्षको रिचार्ज गर्दा २४ महिना डिसहोम हेर्न पाईन्छ ।  योजना अन्तर्गत डिसहोमका ग्राहकहरूले  एक बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाइराखेका हुन् ।

अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद रु एक लाख जित्ने अवसर पाइराखेको डिसहोमले  जनाएको  छ । 

प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  १३:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update