Sagun Khabar
बिडिसिए कप क्रिकेट:एनआरवाइसी र नवजागृती भिड्दै

बैतडी-बैतडीमा जारी २० औं संस्करणको बिडिसिए कप जिल्लास्तरीय एकदिवसीय क्रिकेट प्रतियोगितामा आज एनआरवाइसी र नवजागृती भिडिरहेका छन्।दशरथचन्द खेलमैदानमा एनआरवाइसीले टस जितेर ब्याटिङ गरिरहेको छ।

एक खेल जितेको एनआरवाइसी आजको खेल जित्दै सेमिफाइनलमा सुरक्षित हुन चाहन्छ। नवजागृती भने यसअघिको खेल हारेकाले आजको खेल जितेर अन्तिम चारमा सुरक्षित हुन चाहन्छ । तर प्रतियोगितामा बलियो मानिएको एनआरवाइसीलाई हराउन नवजाग‌ृतीलाई निकै मेहनत गर्नुपर्नेछ ।

Atrya hospital

बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा मंसिर १६ गतेदेखि शुरू भएको प्रतियोगितामा १३ टोलीको सहभागीता रहेको छ।प्रतियोगितामा सहभागी हुने १३ टोलीलाई चार समूहमा विभाजन गरि खेलहरू भइरहेका बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोद बहादुर चन्दले जानकारी दिए  ।

यो बर्ष बिडिसिए कप वान डे फम्र्याटमा भइरहेको बैतडी जिल्ला क्रिकेट संघले जनाएको छ।
विगत बर्षहरुमा टी–२० फम्र्याटमा सञ्चालन हुँदै आएको प्रतियोगिता यो बर्ष ५० ओभरमा भइरहेको बैतडी जिल्ला क्रिकेट संघका सचिव सिद्धराज बोकटीले बताए ।

प्रतियोगिताको विजेताले ५० हजार नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेताले ३५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने बैतडी जिल्ला क्रिकेट संघले जनाएको छ । प्रतियोगिताले क्रिकेटको विकासका साथै खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास गरिएको छ। १९ औं संस्करणको उपाधि पञ्चकोटी क्रिकेट क्लबलाई १२९ रनले स्तब्ध पार्दै निङलाशैनी क्रिकेट क्लबले हात पारेको थियो ।

प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  ०९:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update