Sagun Khabar
बैतडीमा १४ सय बढी सवारीसाधन कारबाहीमा, ८ लाख राजस्व संकलन  

बैतडी- बैतडीमा ट्राफिक प्रहरीले १४ सय बढी सवारी साधनहरुलाई कारबाही गरेको छ । आर्थिक वर्ष २०८०÷८१ को चार महिनाको  अवधिमा  जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीले ट्राफिक नियम उल्लंघन गर्ने १ हजार  ४सय ८९  सवारी साधनहरुहरुलाई  कारबाही गरेको हो ।

साउन देखि कात्तिक सम्म ट्राफिक नियम उल्लंघन गर्ने १४ सय ८९ सवारीसाधन कारबाहीमा परेका  जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीका प्रमुख गंगादत्त पन्तले जानकारी दिए । उनका  अनुसार  ट्राफिक नियम उल्लंघन गर्ने जिप, कार र भ्यान, ९ सय ९४,  ट्रक १ सय ११, ट्याक्टर १सय १० र  ८ ओटा  बस कारबाहीमा परेका छन् ।

Atrya hospital

यस्तै २ सय २ मोटरसाइकल र ८० ओटा अन्य सवारीसाधन कारबाहीमा परेका ट्राफिक प्रमुख पन्तले बताए । सवारीसाधन चलाउँदा सवारी चालक अनुमति पत्र नभएका, सिट बेल्ट तथा हेलमेट नलगाउने, मादकपर्दाथ सेवन गरेका, क्षमता भन्दा धेरै यात्रु बोक्ने ,तीव्रगति लगायतका नेपाल सरकारले तोकेको सवारी नियम उल्लंघन गर्ने सवारी साधनहरु  कारबाहीमा परेका बताइएको छ ।

 यस्तै कारबाहीमा परेका सवारीसाधनबाट ८ लाख ७३  हजार ५ सय  राजस्व संकलन भएको  जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीले जनाएको  छ । ट्राफिक प्रहरीको अहिले जिल्लाका चार ठाउँमा उपस्थिति छ ।  जिल्लाको  साहिलेक, सतबाँझ, पाटन र खोड्पेमा ट्राफिक प्रहरीको उपस्थिति रहेको  हो ।

ट्राफिक नियमको  पालना गराएर  सवारी  दुर्घटना न्यूनिकरणका लागि चेकजाँचका  साथै जनचेतनामूलक कार्यक्रम जारी रहेका  जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीले  जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  ०९:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update