
बैतडी–नेकपा एमाले जिल्ला कमिटि बैतडीको बैठक सम्पन्न भएको छ । जिल्ला अध्यक्ष सुरेन्द्र पालको अध्यक्षतामा बसेको १३ औं बैठकले पार्टीले बैतडीबाट शुरुवात गरेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा पूर्ण रुपमा सफल भएको निष्कर्ष निकालेको छ ।
अभियानको दौरानमा पार्टीका केन्द्रीय अध्यक्ष केपी शर्मा ओली, केन्द्रीय पदाधिकारी र केन्द्रीय कमिटिका सदस्यहरुको सहभागिता रहेकोमा धन्यवाद समेत ज्ञापन गरेको एमाले बैतडीका उपसचिव लोकेन्द्र भण्डारीले जानकारी दिए ।
यस्तै अभियान शुरुवात भएकै दिन एकीकृत समाजवादी परित्याग गरेर एमालेमा फर्किएका नेताहरुको सदस्यता कायम गर्ने निर्णय भएको उपसचिव भण्डारीले बताए । अन्य पार्टी छोडेर एमालेमा प्रवेश गरेकाहरुलाई पनि सदस्यता प्रदान गर्ने निर्णय भएको उनले बताए ।
बैठकमा एमालेका पोलिट्ब्युरो सदस्य राजेन्द्रसिंह रावल, बैतडी जिल्ला इञ्चार्ज एवं पोलिट्ब्युरो सदस्य निरु पाल, केन्द्रीय सदस्य लीलाधर भट्ट, केन्द्रीय सल्लाहकार मोहनबहादुर थापा, प्रदेश कमिटिका निवर्तमान अध्यक्ष दामोदर भण्डारी लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।