Sagun Khabar
बैतडीमा शुक्रबार तीन जनामा कोरोना पुष्टि, २ जना संक्रमणमुक्त 
Atrya hospital

बैतडी –बैतडीमा शुक्रबार थप ३ जनामा कोरोना पुष्टि भएको छ । झुलाघाट नाकाबाट फर्केका कञ्चनपुरका २ जना र शिवनाथ गाउँपालिकाका एकजनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । यस्तै मेलौलीका दुईजना आज संक्रमणमुक्त भएका छन् । 

जिल्लामा अहिले ८८ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमित मध्ये दोगडाकेदार गाउँपालिकामा ३७ जना, सुर्नया गाउँपालिकामा १० जना, पाटन नगरपालिकामा १० जना, दशरथचन्द नगरपालिकामा ९ जना र मेलौली नगरपालिकामा ३ जना रहेका छन् । 

यस्तै डिलाशैनी गाउँपालिकामा २ जना, पुर्चौंडी नगरपालिकामा २ जना, शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र सिगास गाउँपालिकामा एक÷एक जना सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालयले जनाएको छ । बैतडीमा जिल्ला बाहिरका १२ जना सक्रिय संक्रमित रहेका छन् ।
 

प्रकाशित मिति: शुक्रबार, साउन १, २०७८  १७:३७
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update