Sagun Khabar
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता योगेश खत्रीको सरूवा

बैतडी- जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता योगेश खत्रीको सरूवा भएको छ। १३ महिना जिल्लामा बसेका प्रवक्ता खत्रिको  प्रहरी परिसर टेकु,काठमाडौं काज सरूवा भएको हो।

काज सरूवा भएका खत्रीको आज जिल्ला प्रहरी कार्यालयले बिदाई गरेको छ । खत्रीलाई बैतडीका प्रहरी प्रमुख,प्रहरी नायव उपरीक्षक दीपक गिरीले अबिर र खादा ओडाएर बिदाई गरेका हुन् ।

Atrya hospital

२०७९ कात्तिक १४ गते बैतडी आएका खत्रीको १३ महिने यहाँ बस्दाको कार्यकाल उपलब्धिमूलक बनेको जिल्ला प्रहरी कार्यालयले बैतडीले जनाएको छ। जिल्ला आएको एकमहिनापछि भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचन सफल पार्न महत्त्वपूर्ण भूमिका निभाएका थिए ।

त्यसपछि पुसमा पाटन नगरपालिका ६ स्थित श्रीकृष्ण माविका शिक्षक धनबहादुर विष्टको हत्या प्रकरणको सफल अनुसन्धान समेत खत्रीले गरेका थिए । प्रमुख जिल्ला अधिकारी,प्रहरी नायव उपरीक्षक जिल्ला बाहिर रहेका बेला निमित्त प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका बेला खत्री उक्त घटना भएको थियो।

यो घटनाको सफल अनुसन्धान गरेको भन्दै प्रदेश प्रहरी कार्यालयबाट खत्री पुरस्कृत समेत भएका थिए।  खत्री बैतडी आएपछि यहाँ लागू औषधविरूद्धको अपरेसन चलाइएको थियो। जिल्लाभरि चलेको अपरेसनको कमान्ड खत्रीलाई नै दिइएकोमा १४ जनाविरूद्ध मुद्दा चलाइरहेको छ । यो अपरेसनपछि जिल्लामा लागू औषध नियन्त्रणमा सहयोग पुगेको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  १३:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update