Sagun Khabar
बैतडीमा साउन १५ गते सम्म निषेधाज्ञा थपियो 

बैतडी –बैतडीमा छैटौं पटक निषेधाज्ञा थपिएको छ । कोरोना भाईरसको जोखिम कायमै रहेकाले थप खुकुलो पार्दै आजदेखि साउन १५ गते सम्मका लागि छैटौं पटक निषेधाज्ञा थपिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । 

कोरोना भाईरसको जोखिम कायमै रहेकाले साउन १५ सम्म निषेधाज्ञा जारी राख्ने निर्णय भएको हो । निषेधाज्ञा जारी रहेको भएपनि जिल्लाभित्र सार्वजनिक सवारी साधन भने सञ्चालन गर्न दिने निर्णय भएको छ । पहिला आधा सीट क्षमतामा मात्रै सार्वजनिक सवारी साधन सञ्चालन हुँदै आएकोमा आजदेखि पूर्ण सीट क्षमतामा सवारी साधन सञ्चालनमा आएका छन् । 

Atrya hospital

यस्तै सार्वजनिक सेवाहरु पनि सञ्चालन भईरहेका उहाँले बताउनुभयो । यसैगरी पसलहरु बिहान ६ बजेदेखि साँझ ७ बजे सम्म सञ्चालनमा रहने सूचना अधिकारी भारतीले जानकारी दिए । यस्तै विवाह,ब्रतबन्ध जस्ता धार्मिक कार्यक्रमहरुमा बढीमा २५ जना सहभागी भएर सम्पादन गर्नुपर्ने प्रमुख जिल्ला अधिकारीद्वारा जारी आदेशमा उल्लेख गरिएको छ । 

यस्तै कुनै प्रकारका सभा, समारोह,गोष्ठी तालिमहरु भने सञ्चालन गर्न नदिइने आदेशमा उल्लेख गरिएको छ । पछिल्लो समयमा कोरोना भाईरस संक्रमण केही घटेकाले निषेधाज्ञा खुकुलो पारिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । स्वास्थ्यका मापदण्ड पालना गर्न समेत आग्रह गरिएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, साउन १, २०७८  १३:२०
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update