फिलिपिन्समा ७ दशमलव ५ रेक्टर स्केलको भूकम्प
                        
                        
                                                
                                             
                                                                    काठमाण्डौ – फिलिपिन्समा ७ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको छ । पूर्वी मिन्डानाओ टापुमा गएराति स्थानीय समयअनुसार १० बजेर ३७ मिनेटमा शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भे (यूएसजीएस) ले जनाएको छ । हिनातुआनबाट २१ किलोमिटर उत्तरपूर्वमा ३२ किलोमिटर गहिराइमा भूकम्प गएको यूएसजीएसले जनाएको छ । भूकम्पको धक्का फिलिपिन्स, इन्डोनेसिया र अरु केही देशहरुमा पनि महसुस गरिएको छ ।
भूकम्पपछि टापु आसपास र दक्षिणपश्चिमी जापानी तटहरूमा एक मिटर वा त्यो भन्दा उच्च सुनामी छालहरूको चेतावनी जारी गरिएको छ । ती क्षेत्रहरु खाली गर्न भनिएको रोयर्टसले जनाएको छ । भूकम्पका कारण कुनै मानवीय तथा अन्य भौतिक संरचनामा क्षति भएकोबारे तत्काल जानकारी प्राप्त भएको छैन । फिलिपिन्स भूकम्पको अत्यधिक जोखिम भएको एसियाली देश हो ।
 
प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  ०७:३०
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    



 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                    

 
                     
                     
                     
                     
                     
                     
                     
                    