
बैतडी –बैतडीको रोडीदेवल स्वास्थ्यचौकीको सेवा क्षेत्रभित्र रहेका महिला स्वास्थ्य स्वयंसेविकाहरु मोबाइलमा रिचार्ज भएपछि खुसी भएका छन् । रोडीदेवल स्वास्थ्यचौकीले सेवा क्षेत्रभित्रका महिला स्वास्थ्य स्वयंसेविकाहरुको मोबाइलमा प्रत्येक महिना एक सय रुपैयाँका दरले रिचार्ज गर्ने गरेको छ ।
महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सञ्चारमा सहज होस् भनेर रिचार्ज गरिएको रोडीदेवल स्वास्थ्यचौकीका इञ्चार्ज भानबहादुर चन्दले बताए ।
महिला स्वास्थ्य स्वयंसेविकाहरुले स्वास्थ्यचौकीमा महत्वपूर्ण सूचना आदानप्रदान गर्नुका साथै समुदायस्तरमा स्वास्थ्य सेवा प्रदान गरिरहेकाले उनीहरुको मोबाइलमा रिचार्ज गरिएको चन्दले जानकारी दिए ।
महिला स्वास्थ्य स्वयंसेविकाहरुले स्वास्थ्यको क्षेत्रमा महत्वपूर्ण सहयोग गरिरहेका छन् । उनीहरुले प्रदान गर्ने स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन महिला स्वास्थ्य स्वयंसेविकाहरुको मोबाइलमा रिचार्ज गरिएको हो ।