Sagun Khabar
अबको तीन दिन सुदूरपश्चिममा ठूलो पानी पर्ने सम्भावना 
Atrya hospital

बैतडी –सुदूरपश्चिमका केही ठाउँमा आज ठूलो पानी पर्ने अनुमान गरिएको छ । सुदूरपश्चिमसंगै लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको हो । सुदूरपश्चिमका केही ठाउँमा अहिले हल्कादेखि मध्यमखालको  पानी परिरहेको छ । दिउँसो पछि भने ठूलो पानी पर्ने सम्भावना छ ।

मनसुनी वायु पश्चिमी क्षेत्रतर्फ सरिरहेकाले यो क्षेत्रमा लगातारजसो ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । अबको तीन दिन सुदूरपश्चिमका साथै लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् ।

यस्तै मौसमविद्ले बाढी पहिरोको जोखिम धेरै रहेकाले सतर्कता अपनाउन पनि आग्रह गरेका छन्।

प्रकाशित मिति: शुक्रबार, साउन १, २०७८  ०७:५६
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update