
बैतडी –नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरू बिहीबार बिहान शहीद दशरथ चन्दको जन्मघरमा पुगेका छन् ।
झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा शुभारम्भ गर्न बैतडी पुगेका ओली लगायतका नेताहरू बैतडीको बस्कोटस्थित शहीद चन्दको जन्मघरमा पुगेका हुन् ।
झुलाघाटमा राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेर यात्राको उद्दघाटन गरेपछि ओलीसहितका नेताहरु शहीद दशरथ चन्दको जन्मघरमा पुगेका हुन् ।
ओली लगायतका नेताहरूले शहीद चन्दको सालिकमा माल्यार्पण गरी उनी प्रति सम्मान व्यक्त गरे ।
त्यस्तै सो घरमा राखिएको आगन्तुक पुस्तिकामा पनि नेताहरूले हस्ताक्षर गरेका छन् । शहीद दशरथ चन्दको घरलाई पाहुना घरको रुपमा विकास गरिएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८० ११:४३
प्रतिक्रिया दिनुहोस्