Sagun Khabar
बैतडीको सिद्धनाथ सामुदायिक वन फडानी प्रकरण : वन ऐन अनुसार कारवाही हुने 

बैतडी –बैतडीको सुर्नया गाउँपालिका २ स्थित सिद्धनाथ सामुदायिक वनमा जथाभावी वन फडानी गर्नेमाथि वन ऐन अनुसार कारवाही हुने भएको छ । सामुदायिक वन उपभोक्ता समितिले वनमा फडानी भए नभएको बारेमा अनुगमन समिति गठन गरेर जाँच बुझ गरेको थियो । 

सिद्धनाथ सामुदायिक वन उपभोक्ता समितिलाई कुनै जानकारी नदिए राष्ट्रिय मावि ग्वानीको भवन निर्माण समितिले ११८ रुख काटेको अनुगमन समितिले जनाएको छ । त्यसपछि निर्माण समितिका अध्यक्ष डम्मर बिष्टलाई सात दिन भित्र जरीवाना तिर्न वन उपभोक्ता समितिले ताकेता गरेपछि अहिले सम्म बिष्टले जरीवाना बुझाएका छैनन् । 

Atrya hospital

सामुदायिक वनले आफ्नो विधान अनुसार रुख फडानी गरे बाफत प्रति रुख ५ सयका दरले जरीवाना तोकेको थियो । तोकिएको जरीवना सामुदायिक वनको बैंक खातामा जमा गर्न आग्रह गरिएको थियो । 

तर आरोपित व्यक्तिले तोकिएको जरीवाना नतिरेपछि अब कारवाहीका लागि वन उपभोक्ता समूहले सब डिभिजन वन कार्यालयलाई पत्राचार गर्नेछ । वनमा कटानी फडानी गरिएको प्रमाणहरु सहित सव डिभिजन वन कार्यालयमा पत्र प्राप्त भएपछि कारवाहीको प्रक्रिया अघि बढ्ने सव डिभिजन वन कार्यालय पाटनका सहायक वन अधिकृत अलंकार ढुंगानाले बताए ।

वनको टोलीले आफूले पनि कटानी फडानी भएको निरीक्षण गर्ने र नियम विपरीत रुख कटानी भएको पाइएमा वन ऐन अनुसार कारवाही हुने उनले बताए । 
 

प्रकाशित मिति: बिहीबार, असार ३१, २०७८  १९:२५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update