Sagun Khabar
बैतडीमा भोलीदेखि पूर्ण सीट क्षमतामा सवारी साधन सञ्चालन हुने 

बैतडी –बैतडीमा भोलीदेखि पूर्ण सीट क्षमता जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन हुने भएका छन् । गएको असार १६ देखि आधा सीट क्षमतामा मात्रै सार्वजनिक सवारी साधन सञ्चालन भईरहेकोमा साउन १ गतेदेखि पूर्ण सीट क्षमतामा सार्वजनिक सवारी साधन सञ्चालन हुने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । 

जिल्ला कोभीड १९ संकट व्यवस्थापन समितिको बैठकले निषेधाज्ञामा थप खुकुलो पार्दै जिल्लाभित्र पूर्ण सीट क्षमता सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरेको उनले बताए । उनले भने ‘यसअघि हामीले आधा सीट क्षमतामा जिल्लाभरीमा सवारी साधन सञ्चालन गरेका थियौं । अब पूर्ण सीट क्षमतामा सवारी साधन सञ्चालन हुनेछन् ।’

Atrya hospital

सवारी साधन सञ्चालन गर्दा चालक र सहचालकले अनिवार्य एन्टीजेन परीक्षण भने गर्नुपर्ने सूचना अधिकारी भारतीले जानकारी दिए । यसअघि असार १६ गतेदेखि जिल्लामा आधा सीट क्षमतामात्रै सार्वजनिक सवारी साधन सञ्चालन हुँदा यात्रुहरुले चर्को भाडा तिर्नुपरीरहेको थियो । 

पूर्ण सीट क्षमता सवारी साधन सञ्चालन भएमा भाडामा केही सहजकता हुने यात्रुहरुले विश्वास गरेका छन् । बैतडीमा वैशाख २० गतेदेखि जारी रहेको निषेधाज्ञा साउन १५ गते सम्म लम्ब्याउने निर्णय भएको सूचना अधिकारी भारतीले जानकारी दिए ।  
 

प्रकाशित मिति: बिहीबार, असार ३१, २०७८  १९:०७
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update