Sagun Khabar
एमाले अध्यक्ष ओली आज बैतडी आउँदै 

बैतडी –नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज बैतडी आउँदैछन् । एमालेले सञ्चालन गर्ने झुलघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको उद्दघाटनका लागि अध्यक्ष ओली बैतडी आउन लागेका हुन् । 

भोलि बिहान साढे ८ बजे झुलाघाटमा यात्रा अभियानको उद्दघाटन गर्ने कार्यक्रम रहेको एमाले बैतडीका उपसचिव लोकेन्द्र भण्डारीले बताए । अध्यक्ष ओलीसहित केन्द्रीय कमिटिका पदाधिकारी र सदस्यहरु दिउँसो २ बजे बैतडीको अनारखोली पुग्ने कार्यक्रम रहेको छ । 

Atrya hospital

अनारखोलीमा अध्यक्ष ओलीलाई स्वागत गर्ने कार्यक्रम रहेको छ भने त्यसपछि पाटनमा विभिन्न व्यक्तित्वहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । समाजमा विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरुलाई अध्यक्ष ओलीले सम्मान गर्ने कार्यक्रम रहेको उपसचिव भण्डारीले बताए । 

यस्तै साँझ ५ बजे प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरको सन्ध्याकालिन आरतीमा अध्यक्ष ओलीसहितको टोली सहभागी हुने नेकपा एमाले बैतडीले जनाएको छ । संकल्प यात्रा अभियान उद्दघाटनका लागि अध्यक्ष हिजै धनगढी पुगीसकेका छन् । 
 

प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  ०७:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update