Sagun Khabar
पदस्थापन नगरे आमरण अनसन बस्ने शिक्षक रानाको चेतावनी 

बैतडी –बैतडीका शिक्षक करन रानाले आफ्नो माग पूरा गरिदिन भन्दै जिल्ला शिक्षा समितिलाई ज्ञापन पत्र बुझाएका छन् । शिवनाथ गाउँपालिका स्थायी घर भएका करन अहिले ईश्वर आधारभूत विद्यालय डोबरमा काजमा  कार्यरत रहेका छन् । 

यस्तै उनकी श्रीमति राजु राना पनि जगन्नाथ आधारभूत विद्यालयमा बालविकास सहजकर्ताको रुपमा काजमै काम गरिरहेकी छन् । 
२०७२ सालदेखि आफू गाउँबाट विस्थापित भएकाले आफ्नो पदस्थापन गरिदिन हुन उनले जिल्ला शिक्षा समितिलाई आग्रह गरेका छन् । लामो समयदेखि आफू काजमा काम गर्दै आएकाले पदस्थापन नहुँदा समस्या भएको उनले बताए । 

Atrya hospital

काजमै भएका कारण तलब समेत समयमा नपाउँदा ६ जनाको परिवार पाल्न निकै समस्या भएको उनले ज्ञापन पत्रमा उल्लेख गरेका छन् । 

आफ्नो परिवारको पीडा सरोकारवालाले नसुने साउन १ गतेदेखि जिल्ला समन्वय समितिको कार्यालय अगाडि सपरिवार आमरण अनसन बस्ने समेत उनले चेतावनी समेत दिएका छन् । आफूलाई विभिन्न झुटा मुद्दा लगाई गाउँबाट विस्थापित गरेको रानाको भनाई छ । 

 

प्रकाशित मिति: बिहीबार, असार ३१, २०७८  १९:००
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update