Sagun Khabar
कैलालीमा खोलामा बगेर एक किशोरी बेपत्ता 
स्वास्थ्य सन्देश
Atrya hospital

कैलाली –कैलालीमा खोलामा बगेर एक किशोरी बेपत्ता भएकी छिन् । जिल्लाको गोदावरी नगरपालिका–६ लालपुरकी १८ वर्षीया आरती घर्तीमगर बिहीबार सोही ठाउँमा रहेको गौरीदेवी खोलामा बगेर बेपत्ता भएकी हुन् ।

दिउँसो नुहाउने क्रममा उनीसहित अन्दाजी १८ वर्षीया सीता घर्तीमगर खोलामा बगेका थिए। स्थानीयले सीतालाई बगेको देख्नासाथ उद्दार गरेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी निरीक्षक उमेर चन्दले बताए ।

तर सँगै बगेकी आरती भने बेपत्ता रहेको उनले बताए । अहिले बेपत्ता किशोरीको खोजीका लागि प्रहरी टोली खटिएको इलाका प्रहरी मालाखेतीले जनाएको छ।

प्रकाशित मिति: बिहीबार, असार ३१, २०७८  १८:११
प्रतिक्रिया दिनुहोस्
Weather Update