Sagun Khabar
बैतडीमा बिहीबार थप ३ जनामा संक्रमण पुष्टि 
Atrya hospital

बैतडी –बैतडीमा आज थप ३ जनामा कोरोना भाइरसको पुष्टि भएको छ । पाटन नगरपालिकाका २ जना र दोगडाकेदार गाउँपालिकामा एक जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा आज संक्रमणमुक्त हुनेको सख्या शुन्य रहेको छ । अहिले जिल्लाभरी ८७ जना सक्रिय संक्रमित रहेका छन् ।

सक्रिय संक्रमित मध्ये दोगडाकेदार गाउँपालिकामा ३७ जना, सुर्नया गाउँपालिकामा १० जना, दशरथचन्द नगरपालिकामा ९ जना, पाटन नगरपालिकामा १० जना र मेलौली नगरपालिकामा ५ जना रहेका छन् ।

यस्तै पुर्चौंडी नगरपालिकामा २ जना, डिलाशैनी गाउँपालिकामा २ जना, सिगास गाउँपालिकामा एकजना र पञ्चेश्वर गाउँपालिकामा एकजना सक्रिय संक्रमित रहेका छन् । बैतडीमा अन्य जिल्लाका १० जना सक्रिय संक्रमित रहेका छन् । 

प्रकाशित मिति: बिहीबार, असार ३१, २०७८  १८:०१
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update