Sagun Khabar
कैलालीको मोहना नदीले सतर्कताको तह पार गर्यो 
Atrya hospital

कैलाली –कैलालीको मोहना नदीमा बाढी आएको छ। नदीमा पानीको सतह बढ्दा खतराको तह पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

बिहान साढे ९ बजेसम्म नदीमा पानीको सतहले खतराको तह पार गरेको महाशाखाले जनाएको छ। मोहना नदीमा बाढी आएपछि तटीय क्षेत्रहरू तथा डुबान भइरहने ठाउँका बासिन्दालाई सतर्क हुन आग्रह गरिएको छ।

मोहना नदीको बाढीले कैलालीको टीकापुर लगायतका क्षेत्रमा डुबान हुने गरेको छ।

प्रकाशित मिति: बिहीबार, असार ३१, २०७८  ११:२६
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update