Sagun Khabar
प्रधानमन्त्री रोजगार अन्तर्गत बनेको पर्खालले गणेशको घर बचायो 

बैतडी –पहिरोको जोखिममा रहेको बैतडीको दशरथचन्द नगरपालिका १ का गणेश लुहारको घर पर्खाल निर्माण गरिएपछि जोगिएको छ । पितलथलादेखि द्यौमडासम्म सडकका कारण पहिरोको जोखिममा रहेको उनको घर जोगाउन पर्खाल निर्माण गरिएको हो । 

दशरथचन्द नगरपालिका वडा नं १ को कार्यालयले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सो पर्खाल निर्माण गरिएपछि गणेश लुहारको घर पहिरोको जोखिमबाट बचेको स्थानीय रमेशकान्त बडुले बताए । उनले भने ‘गणेश लुहारको घर पहिरोको जोखिममा थियो । हामीले धेरै ठाउँमा उनको घर जोगाउन पहल पनि गर्यौं । अहिले वडा कार्यालयले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत पर्खाल निर्माणका लागि रकम प्रदान गरेपछि पर्खाल निर्माण गरेका छौं ।’

Atrya hospital

वडा कार्यालयले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ३ लाख बजेट विनियोजन गरेपछि २० मिटर लामो र ३ मिटर अग्लो जाली सहितको पर्खाल निर्माण गरिएको बडुले बताए । उनले भने ‘प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत धेरै ठाउँमा झारपात उखेल्न पैसा सकिन्छ भन्ने सुनेका छौं । तर हामीले एकजनाको घर बचाउन सफल भएका छौं । यसमा हामीलाई निकै खुसी लागेको छ ।’

पहिरोका कारण समस्यामा परेका गणेश लुहारको घर बचाउन पर्खाल बनाउनका लागि प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत  बजेट परिचालन गरिएको वडा अध्यक्ष भुवनराज भट्टले बताए । 
 

प्रकाशित मिति: बिहीबार, असार ३१, २०७८  १०:२०
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update