Sagun Khabar
मकैमा फौंजी किराको प्रकोप, बैतडीका किसान चिन्तित 

बैतडी –बैतडीका विभिन्न स्थानमा मकैबालीमा अमेरीकन फौंजी किराको प्रकोप देखिएको छ । बर्षातको समयमा समेत फौंजी किराले मकैबाली नष्ट गरिरहेको सुर्नया गाउँपालिका २ का किसान मोहनबहादुर बिष्टले जानकारी दिए । उनले भने ‘बारीमा लगाएको मकै फौंजी किराले नष्ट गरिरहेको छ । किराको मकैको गाबो समेत खाईरहेको छ । दिनदिनै यसको प्रकोप बढीरहेको छ ।’

बर्षातको समयमा फौंजी किराको प्रकोप कम हुने भनिएपनि यो बर्ष बर्षातमै फौंजी किराले मकैबाली खाईरहेको किसानहरुले बताएका छन् । मुख्य खाद्याबालीको रुपमा रहेको मकैमा फौंजी किराले आक्रमण गरेपछि किसानहरु भोकमरी हुने भन्दै चिन्तित बनेका छन् । ‘मुख्य खाद्यबाली नै मकै हो । यो बर्ष मकैमा फौंजी किराले ठूलो नोक्सानी पुर्याउला जस्तो छ ।’बिष्टले भने, ‘मकैको उत्पादनमा कमी आउँदा आयत हुने खाद्यान्नको मात्रा बढ्छ । यसले किसानहरुलाई निकै समस्या भईरहेको छ ।’

Atrya hospital

बैतडीमा गत बर्ष पनि मकैबालीमा फौंजी किराको प्रकोप देखिएको थियो । मकैबालीको पकेट क्षेत्रको रुपमा रहेकै ठाउँमा फौंजी किराको प्रकोप देखिएको किसानहरुले बताएका छन् । यसअघि दशरथचन्द नगरपालिका र पञ्चेश्वर गाउँपालिकाका पनि विभिन्न स्थानमा फौंजी किराले मकैबालीमा क्षति पुर्याएको थियो । 

फौंजी किराको प्रकोप भएको ठाउँमा बिषादीको प्रयोग गर्न सकिने कृषि प्राविधिहरुले बताएका छन् । बैतडी सुदूरपश्चिमको सबैभन्दा बढी मकै उत्पादन हुने जिल्ला हो । यहाँ १४ हजार हेक्टर जमीनमा मकै खेती गरिँदै आएको छ । 
 

प्रकाशित मिति: बिहीबार, असार ३१, २०७८  ०८:५६
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update