कञ्चनपुर – कञ्चनपुरमा व्यापारीलाई ज्यान मार्ने धम्की दिने दुई जना पक्राउ परेका छन् ।
बैतडीको दोगडाकेदार गाउँपालिका–७ घर भइ हाल कञ्चनपुरको भीमदत्त नगरपालिका –४ बसपार्क पछाडी डेरा गरी बस्ने चन्द्रदेव जोशी र दार्चुलाको लेकम गाउँपालिका –१ घर भइ हाल कञ्चनपुरको भीमदत्त नगरपालिका –३ बस्ने नरेश साउँद पक्राउ परेका हुन् ।
साउँद र जोशीले बेदकोट नगरपालिका– ७ लालपुरमा विगत केही समयदेखि सर्वसाधारण तथा व्यापारीलाई रकम माग गरी डर त्रास देखाइ फोन तथा म्यासेजबाट ज्यान मार्ने सम्मको धम्की दिने गरेको कञ्चनपुर प्रहरीले जनाएको छ ।
दुबै जनालाई जिल्ला अदालत कञ्चनपुरबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
आरोपित २ जनाले ५ लाख रुपैँया सम्म माग गरेको अनुसन्धानबाट खुलेको र पिडितले ५ लाख दिन नसक्दा ३ लाखमा कुरा मिलेपछि रकम लिन आउँदा दुवैजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।