Sagun Khabar
सुदूरपश्चिममा बुधबार थप ५७ जनामा कोरोना पुष्टि, १० जना संक्रमणमुक्त 
Atrya hospital

बैतडी–सुदूरपश्चिममा बुधबार कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ । पछिल्लो २४ घण्टामा प्रदेशभरी कोरोनाबाट कसैको पनि मृत्यु नभएको क्षेत्रीय स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ५७ जनामा कोरोना पुष्टि भएको छ । १ हजार ८० जनाको नमूना परीक्षण गर्दा ५७ जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा प्रदेशभरी १० जना संक्रमणमुक्त भएका छन् । 
 

प्रकाशित मिति: बुधबार, असार ३०, २०७८  १८:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update