Sagun Khabar
बैतडीको सिगासमा एक कर्मचारी मृत भेटिए 
Atrya hospital

बैतडी –बैतडी सिगासमा एकजना मृत भेटिएका छन् । सिगास गाउँपालिका ६ लाम्बगर घर भएका अन्दाजी ३५ बर्षीय नयनसिंह रोकाया बुधबार मृत फेला परेका हुन् । रोकाया सिगास गाउँपालिकामा गणक पदमा कार्यरत रहेका थिए । 

सोमबार घरबाट कार्यालय जान्छु भनि हिँडेका रोकया आज सिगास गाउँपालिकाको महादेवडाँडा भन्ने स्थानमा मृत फेला परेका इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले बताए । 

रोकायाको भीरबाट लडेर मृत्यु भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । रोकायाको शव डाँडाबाट करीब ३ सय मिटर तल रुखमा अड्किएको अवस्थामा फेला परेको हो । घटनाका बारेमा थप बुझ्नका लागि प्रहरी निरीक्षक शाही नेतृत्वको टोली घटनास्थल तर्फ गएको छ । 
 

प्रकाशित मिति: बुधबार, असार ३०, २०७८  १८:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update