Sagun Khabar
बैतडीमा साउन १५ सम्म निषेधाज्ञा जारी रहने 

बैतडी –बैतडीमा गत वैशाख २० गतेदेखि शुरु भएको निषेधाज्ञा साउन १५ गते सम्म जारी रहने भएको छ । कोरोना भाईरसको जोखिम कायमै रहेकाले जारी निषेधाज्ञालाई साउन १५ गते सम्म लम्ब्याउने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । 

जिल्ला कोभीड व्यवस्थापन समितिको बैठकले थप खुकुलो पार्दै निषेधाज्ञाको अवधि थप गर्ने निर्णय गरेको सूचना अधिकारी भारतीले बताए । उनले भने ‘कोरोना भाईरसको जोखिम कायमै रहेकाले थप खुकुलो पार्दै निषेधाज्ञा लम्ब्याउने निर्णय भएको छ ।’
यसअघि आधा सीट क्षमतामात्रै जिल्लाभित्र सार्वजनिक सवारी साधन सञ्चालन गर्न दिने निर्णय भएकोमा साउन १ गतेदेखि पूर्ण सीट क्षमतामा सार्वजनिक सवारी साधन सञ्चालन हुनेछन् । 

Atrya hospital

यस्तै रोजगारीका लागि भारत जाने नागरिकको सम्बन्धित स्थानीय तहले एन्टीजेन परीक्षण व्यवस्था मिलाउनुपर्ने निर्णय समेत भएको छ । 

जिल्ला कोभीड व्यवस्थापन समितिको बैठकले यसअघिकै निर्णय अनुसार जिल्लामा भीडभाड हुने खालका कार्यक्रम रोक लगाइने जनाएको छ । 

प्रकाशित मिति: बुधबार, असार ३०, २०७८  १७:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update