Sagun Khabar
एबीसी क्रिकेट प्रतियोगिताको उपाधी डिजे वारियरलाई 

बैतडी–बैतडीको देहीमाण्डौंमा सम्पन्न भएको एबीसी टि–१० क्रिकेट प्रतियोतिाको उपाधी डिजे वारियरले हात पारेको छ । निङ्गलाशैनी खेल मैदान देहीमाण्डौंमा सम्पन्न भएको फाइनल खेलमा त्रिपुरा (बी)लाई ५ विकेटले पराजित गर्दै डिजे वारियरले उपाधी हात पारेको हो । 

उपाधीसंगै उसले ४१ हजार १५१ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ । उपविजेता त्रिपुरा (बी)ले १८ हजार १५१ नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । 

फाइनल खेलमा टस जितेर पहिला ब्याटिङ गरेको त्रिपुरा (बी)ले १० ओभरमा ६ विकेट गुमाउँदै ७६ रन बनायो । 

Atrya hospital

७७ रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको डिजे वारियरले ८.१ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । उसका लागि जितु कार्कीले ४५ र कपील बोहराले १२ रनको योगदान गरे । 

बलिङतर्फ डिजे वारियरका जितु कार्की, पंकज पन्त र उपेन्द्र बोहराले समान २÷२ विकेट लिए । 

यसअघि आजै भएको सेमीफाइनल खेलमा ग्वाल्लेक क्रिकेट क्लबलाई हराउँदै डिजे वारियर फाइनलमा पुगेको थियो भने निङ्गलाशैनी वारियरलाई पराजित गर्दै त्रिपुरा (बी) फाइनलमा पुगेको थियो । 

यस्तै प्रतियोगितामा डिजे वारियरका पंकज पन्त म्यान अफ दि सिरिज घोषित भए । उनले ४ हजार १ सय नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारे । यस्तै वारियरकै जितु कार्की बेस्ट ब्याट्सम्यान घोषित भए । उनले २ हजार १ सय नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । 

प्रतियोगितामा त्रिपुरा (बी) मुकेश थापा बेस्ट बलर घोषित भए । उनले २ हजार १ सय नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । यस्तै उदयमान खेलाडीको रुपमा निङ्गलाशैनी बलास्टरका वसन्त बोहरा घोषित भए । 

देहीमाण्डौं बजारस्थित  आशिर्वाद बेकरी एण्ड क्याफेको आयोजनामा कार्तिक २२ गतेदेखि शुरु भएको प्रतियोगितामा २५ टीमको सहभागिता रहेको थियो । गत बर्षदेखि क्याफेले तिहारको उपलक्ष्यमा प्रतियोगिताको आयोजना गर्दै आएको छ ।

क्याफेका सञ्चालक गजबहादुर बोेहरा (गोल्डेन)को अध्यक्षतामा भएको प्रतियोगिता समापन समारोहमा नेपाल क्रिकेट संघ सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष रमेशबहादुर बोहरा प्रमुख अतिथी रहेका थिए । 

प्रतियोगिताका विजेता र उपविजेता तथा विभिन्न विधा उत्कृष्ट खेलाडीहरुलाई सभाध्यक्ष, प्रमुख अतिथी लगायतले पुरस्कार र प्रमाणपत्र वितरण गरेका थिए । 

यसैबीच प्रतियोगिताको समापन समारोहमा दुईजना अन्तर्राष्ट्रिय खेलाडीलाई सम्मान गरिएको प्रतियोगिता संयोजक लवकुश बोहराले बताए । खडक बोहरा र द्रोपती कुँवर बोहरालाई  दोसल्ला ओढाएर सम्मान गरिएको हो । 
 

प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०८०  १८:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update