बैतडी –बैतडीको देहीमाण्डौंमा जारी एबीसी टि–१० क्रिकेट प्रतियोगिताको सेमीफाइनलमा पुग्ने चारै टोलीको टुंगो लागेको छ ।आज क्वाटर फाइनलका खेल समापन भएसंगै सेमीफाइनलमा पुग्ने टोलीको टुंगो लागेको हो ।
प्रतियोगिता अन्तर्गत ग्वाल्लेक क्रिकेट क्लब,डिजे वारियर, निङ्गलाशैनी वारियर र त्रिपुरा (बी) सेमीफाइनलमा प्रवेश गरेका छन् ।
आज भएको पहिलो खेलमा एनवाइसीलाई ७ विकेटले पराजित गर्दै ग्वाल्लेक क्रिकेट क्लब सेमीफाइनलमा प्रवेश गरेको हो । टस जितेर पहिला ब्याटिङ गरेको एनवाइसीले ६.५ ओभरमा अलआउट हुँदै ८३ रन बनायो ।
८४ रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको ग्वाल्लेक क्रिकेट क्बले ७.३ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । उक्त खेलमा ग्वाल्लेकका हेम जोशी म्यान अफ द म्याच घोषित भए ।
यस्तै आज भएको दोश्रो खेलमा रणशैनीलाई ३७ रनले पराजित गर्दै डिजे वारियर सेमीफाइनलमा प्रवेश गरेको छ । टस जितेर पहिला ब्याटिङ गरेको डिजे वारियरले १० ओभरमा ८ विकेट गुमाउँदै ९३ रन बनायो ।
९४ रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको रणशैनी ९.२ ओभरमा अलआउट हुँदै ५६ रनमा समेटियो । उक्त खेलमा डिजे वारियरका कपील बोहरा म्यान अफ द म्याच घोषित भए ।
प्रतियोगिता अन्तगर्त आजै भएको तेश्रो खेलमा विनासौंलाई २५ रनले पराजित गर्दै निङ्गलाशैनी वारियर पनि सेमीफाइनलमा प्रवेश गरेको छ । टस जितेर पहिला ब्याटिङ गरेको निङ्गलाशैनीले १० ओभरमा ३ विकेट गुमाउँदै १२६ रन बनायो ।
१२७ रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको विनासौं १० ओभरमा ७ विकेट गुमाउँदै १०१ रनमा समेटियो । उक्त खेलमा निङ्गलाशैनी वारियरका गजेन्द्र बोहरा म्यान अफ दि म्याच घोषित भए ।
यस्तै आज भएको अन्तिम खेलमा पञ्चेश्वर लालीगुराँशलाई ९ विकेटले पराजित गर्दै त्रिपुरा (बी) सेमीफाइनलमा प्रवेश गरेको छ । टस जितेर पहिला ब्याटिङ गरेको पञ्चेश्वरले १० ओभरमा ८ विकेट गुमाउँदै ७० रन बनायो ।
७१ रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको त्रिपुरा (बी)ले ४ ओभरमा १ विकेटको क्षतिमा लक्ष्य पूरा गरयो । उक्त खेलमा त्रिपुरा (बी)का राम चन्द म्यान अफ दि म्याच घोषित भए ।
प्रतियोगिता अन्तर्गत सेमीफाइनल र फाइनलका खेल भोलि हुनेछन् ।
बिहान ८ बजे हुने पहिलो सेमीफाइनलमा निङ्गलाशैनी वारियर र त्रिपुरा (बी) भिड्नेछन् भने दोश्रो खेलमा डिजे वारियर र ग्वाल्लेक क्रिकेट क्लब भिड्नेछन् ।
देहीमाण्डौं बजारस्थित आशिर्वाद बेकरी एण्ड क्याफेको आयोजनामा यही कार्तिक २२ गतेदेखि शुरु भएको प्रतियोगितामा २५ टीमको सहभागिता जनाएको छ । गत बर्षदेखि क्याफेले तिहारको उपलक्ष्यमा प्रतियोगिताको आयोजना गर्दै आएको छ ।
प्रतियोगितामा प्रथम हुने टीमलाई नगद ४१ हजार १५१ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै दोश्रो हुने टीमलाई नगद १८ हजार १५१ सहित ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिने प्रतियोगिता संयोजक लवकुश बोहराले बताए ।
यस्तै म्यान अफ दि सिरिजलाई ४ हजार एक सय नगदसहित ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने बेस्ट बलर र बेस्ट ब्याट्सम्यानलाई २ हजार १ सयका दरले नगद पुरस्कारका साथै ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।