Sagun Khabar
लेन्थवर्करका माग पूरा नभए थप आन्दोलन गर्ने चेतावनी 

बैतडी –आफूहरुले काम गरेको पैसा पाउनु पर्ने भन्दै अनसनमा बसीरहेका बैतडीको पाटन–पञ्चेश्वर सडकका लेन्थवर्करहरुले माग पूरा नभए आन्दोलनका थप कार्यक्रम गर्ने चेतावनी दिएका छन् । 

असार १८ गतेदेखि अनसनमा रहेका लेन्थवर्कहरुले आफूहरुले पारिश्रमिक नपाउँदा सम्म अनसन नछोड्ने अडान लिएका छन् । लेन्थवर्करहरुले गरेको आन्दोलनमा नेपाल सडक मजदुर ट्रेड युनियन जिल्ला कमिटि बैतडीले पनि आफ्नो ऐक्यबद्धता रहेको जनाएको छ । 

Atrya hospital

ट्रेड युनियनले एक विज्ञप्ती जारी गर्दै अनसनमा बसेका लेन्थवर्करहरुका माग तीन दिनभित्र पूरा गर्न आग्रह गरेको छ । लेन्थवर्करहरुका माग तीन दिनभित्र पूरा नभए आन्दोलनका थप कार्यक्रम गरिने चेतावनी दिइएको छ । २१ महिनादेखि आफूहरुले तलब नपाएको भन्दै पाटन–पञ्चेश्वर सडकका १२ जना लेन्थवर्करहरु अनसनमा बसीरहेका छन् । 

बर्षातको समयमा सडक छेउमै अनसनमा बसीरहेका लेन्थवर्करहरुको स्वास्थ्य समेत समस्या आउन थालेको छ । 

प्रकाशित मिति: बुधबार, असार ३०, २०७८  १७:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update