Sagun Khabar
बैतडीमा बुधबार ६ जना संक्रमणमुक्त, थप ४ जनामा कोरोना पुष्टि 

बैतडी –पछिल्ला दुई दिन संक्रमण पुष्टि हुनेको संख्या शुन्य रहेको बैतडी बुधबार थप ४ जनामा कोरोना पुष्टि भएको छ । सुर्नया गाउँपालिकाका २ जना, दशरथचन्द नगरपालिका र पाटन नगरपालिकाका थप एक÷एक जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यस्तै जिल्लामा आज ६ जना संक्रमणमुक्त भएका छन् । सुर्नया गाउँपालिकाका ५ जना र मेलौली नगरपालिकाका एक जना संक्रमणमुक्त भएका स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ । 

Atrya hospital

अहिले जिल्लाभरी ८४ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमित मध्ये दोगडाकेदार गाउँपालिकामा ३६ जना, सुर्नया गाउँपालिकामा १० जना, दशरथचन्द नगरपालिकामा ९ जना, पाटन नगरपालिकामा ८ जना र मेलौली नगरपालिकामा ५ जना रहेका छन् ।

यस्तै पुर्चौंडी नगरपालिकामा २ जना, डिलाशैनी गाउँपालिकामा २ जना, सिगास गाउँपालिकामा एकजना र पञ्चेश्वर गाउँपालिकामा एकजना सक्रिय संक्रमित रहेका छन् । बैतडीमा अन्य जिल्लाका १० जना सक्रिय संक्रमित रहेका छन् । 

प्रकाशित मिति: बुधबार, असार ३०, २०७८  १५:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update