Sagun Khabar
सुदूरपश्चिम सरकारले क्रिकेटर ऐरी, भण्डारी र जोरालाई १६ लाख पुरस्कार दिने 

कैलाली – सुदूरपश्चिम प्रदेश सरकारले आफ्नो प्रदेशका राष्ट्रिय क्रिकेट टोलीका तीन जना सदस्यहरुलाई नगद १६ लाख रुपैयाँ पुरस्कार दिने भएको छ ।

नेपाललाई टी–२० विश्व कपमा पुर्याउन सफल भएको भन्दै सुदूरपश्चिम प्रदेश सरकारले दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी र सन्दीप जोरालाई पाँच÷पाँच लाख रुपैयाँ पुरस्कारसहित सम्मान गर्ने भएको नेपाल क्रिकेट सङ्घ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताए । 

Atrya hospital

एसियाली खेलकुदमा विश्व रेकर्ड बनाएका दीपेन्द्रले भने थप एक लाख रुपैयाँसहित ६ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । उनले मङ्गोलियासँगको खेलमा नौ बलमै अर्धशतक प्रहार गरेका थिए । सुदूरपश्चिम सरकारले यसअघि पनि आफ्ना खेलाडीलाई सम्मान गर्दै आएको छ ।

नेपालले गत कार्तिक १७ गते मूलपानी क्रिकेट मैदानमा आइसिसी टि–२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनल खेलमा युएईलाई ८ विकेटले हराउँदै विश्वकपमा स्थान बनाएको थियो । नेपालले २०१४ पछि पहिलो पटक विश्वकप खेल्दैछ ।
 

प्रकाशित मिति: सोमबार, कात्तिक २७, २०८०  ०७:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update