बैतडी –बैतडीको देहीमाण्डौंमा जारी एबीसी टि–१० क्रिकेट प्रतियोगिता अन्तगर्त आज पाँच खेल सम्पन्न भएका छन् । आज सम्पन्न भएका पाँच ओटा खेलमध्ये तीनओटा खेलमा त्रिपुरा (बी)ले जित हात पारेको छ ।
आज भएको पहिलो खेलमा त्रिपुरा (बी)ले राजधानी एक्सप्रेसलाई २१ रनले पराजित गरेको छ । टस जितेर पहिला ब्याटिङ गरेको त्रिपुरा (बी)ले १० ओभरमा ७ विकेट गुमाउँदै ११७ रन बनायो ।
११८ रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको राजधानी एक्सप्रेसले १० ओभरमा ४ विकेट गुमाउँदै ९६ रनमा समेटियो । उक्त खेलमा त्रिपुरा (बी)का अंशु बुडाल म्यान अफ दि म्याच घोषित भए ।
यस्तै आज भएको दोश्रो खेलमा त्रिपुरा (बी) ले निङ्गलाशैनी सुपर किंगलाई १७ रनले पराजित गरेको छ । टस जितेर पहिला ब्याटिङ गरेको त्रिपुरा (बी)ले निर्धारित १० ओभरमा ९ विकेटको क्षतिमा ११९ रन बनायो ।
१२० रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको निङ्गलाशैनी सुपर किंगले १० ओभरमा ८ विकेट गुमाउँदै १०२ रन मात्रै बनाउन सक्यो । उक्त खेलमा त्रिपुरा (बी)का कल्पेश चन्द म्यान अफ दि म्याच घोषित भए ।
आजै भएको तेश्रो खेलमा डिजे वारियरले शिवशक्तिलाई ८८ रनले पराजित गरेको छ । टस जितेर पहिला ब्याटिङ गरेको डिजे वारियरले १० ओभरमा चार विकेट गुमाउँदै १६३ रन बनायो ।
१६४ रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको शिवशक्तिले १० ओभरमा अलआउट हुँदै ७५ रन मात्रै बनाउन सक्यो । उक्त खेलमा डिजे वारियरका सन्तोष विजले म्यान अफ दि म्याच घोषित भए ।
यस्तै आज भएको चौथा खेलमा निङ्गलाशैनी सुपर किंगले राजधानी एक्सप्रेसलाई ४४ रनले पराजित गरेको छ । टस जितेर पहिला ब्याटिङ गरेको निङ्गलाशैनी सुपर किंगले १० ओभरमा ५विकेट गुमाउँदै १४९ रन बनायो ।
१५० रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको राजधानी एक्सप्रेसले १० ओभरमा ९ विकेट गुमाउँदै १०५ रनमा समेटियो । उक्त खेलमा निङ्गलाशैनी सुपर किंगका दिपक जोशी म्यान अफ दि म्याच घोषित भए ।
यस्तै आज भएको अन्तिम खेलमा त्रिपुरा (बी)ले नागार्जुन नानीगाडलाई ४४ रनले पराजित गरेको छ । टस जितेर पहिला ब्याटिङ गरेको त्रिपुरा (बी)ले १० ओभरमा ५ विकेट गुमाउँदै ९९ रन बनायो ।
एक सय रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको नागार्जुन नानीगाडले ८.४ ओभरमा ५५ रनमा समेटियो । उक्त खेलमा त्रिपुरा (बी)का राम चन्द म्यान अफ दि म्याच घोषित भए ।
देहीमाण्डौं बजारस्थित आशिर्वाद बेकरी एण्ड क्याफेको आयोजनामा यही कार्तिक २२ गतेदेखि शुरु भएको प्रतियोगितामा २५ टीमको सहभागिता रहेको छ । गत बर्षदेखि क्याफेले तिहारको उपलक्ष्यमा प्रतियोगिताको आयोजना गर्दै आएको छ ।
प्रतियोगितामा प्रथम हुने टीमलाई नगद ४१ हजार १५१ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै दोश्रो हुने टीमलाई नगद १८ हजार १५१ सहित ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिने प्रतियोगिता संयोजक लवकुश बोहराले बताए ।
यस्तै म्यान अफ दि सिरिजलाई ४ हजार एक सय नगदसहित ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने बेस्ट बलर र बेस्ट ब्याट्सम्यानलाई २ हजार १ सयका दरले नगद पुरस्कारका साथै ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।