Sagun Khabar
जिल्ला अस्पताल बैतडीले शव वाहन खरीद गर्यो 
Atrya hospital

बैतडी –बैतडीमा शव वाहनको व्यवस्था गरिएको छ । जिल्ला समन्वय समितिले बजेट उपलब्ध गराएपछि जिल्ला अस्पताल बैतडीले शव वाहन खरीद गरेको हो । यसअघि जिल्लामा शव वाहन नहुँदा समस्या हुँदै आएको थियो । 

जिल्ला अस्पातलले सञ्चालन गर्ने गरेर शव वाहन खरीद गरी सञ्चालनमा ल्याइएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीले जानकारी दिए । उनले भने ‘करीब साढे १२ लाखको लागतमा जिल्लामा शव वाहन ल्याइएको छ । शव वाहन भएपछि विभिन्न कारणले मृत्यु भएकाहरुको शव ओर्सान सहज हुनेछ ।’

एकीकृत शव वाहन सञ्चालन निर्देशिका अनुसार जिल्लामा शव वाहन सञ्चालन गरिने डा. जोशीले जानकारी दिए । यसअघि शव वाहन नहुँदा विभिन्न ठाउँमा समस्या हुँदै आएको थियो । अब त्यो समस्या समाधान भएको जिल्ला अस्पतालले जनाएको छ । 
 

प्रकाशित मिति: बुधबार, असार ३०, २०७८  १३:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update