कञ्चनपुर –कञ्चनपुरको एक सहकारीबाट रुपैयाँ चोरी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । कार्तिक २२ गते राति दोधरा चाँदनी नगरपालिका–२ मा रहेको चाँदनी कृषि सहकारी संस्था लिमिटेडबाट ५ लाख ५१ हजार ७१८ रुपैयाँ चोरी भएको थियो ।
सोही चोरीको आरोपमा बझाङको जयपृथ्वी नगरपालिका–१ का २६ वर्षीय अमृत सार्की र भीमदत्त नगरपालिका– १२ ऐरी गाउँका २३ वर्षीय सुन्दर टमटालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दोधरा चाँदनीका इन्चार्ज प्रहरी निरीक्षक होमप्रकाश चौधरीले बताए ।
दुवैजनालाई हिजो (शनिवार) भीमदत्त नगरपालिका –४ मदनचोकबाट पक्राउ गरिएको हो । पक्राउ परेका दुवै जनाको साथबाट नगद २ लाख ३ हजार ८८० रुपैँया र तीन थान मोबाइल फेला परेको इन्चार्ज प्रहरी निरीक्षक चौधरीले बताए । उनीहरुमाथि थप अनुसन्धान भइरहेको उनले बताए ।
प्रकाशित मिति: आइतबार, कात्तिक २६, २०८० १०:०८
प्रतिक्रिया दिनुहोस्