Sagun Khabar
बैतडीमा एबीसी क्रिकेट प्रतियोगिता : तेश्रो दिन ६ खेल सम्पन्न 

बैतडी –बैतडीको देहीमाण्डौंमा जारी एबीसी टि–१० क्रिकेट प्रतियोगितामा आज तेश्रो दिन ६ ओटा खेल सम्पन्न भएका छन् । निङ्गलाशैनी खेलमैदान देहीमाण्डौंमा जारी प्रतियोगिता अन्तर्गत आज भएको पहिलो खेलमा बाराकोटले त्रिपुरा (ए)लाई २९ रनले पराजित गरेको छ । 

टस जितेर ब्याटिङ गरेको बाराकोटले १० ओभरमा ६ विकेटको क्षतिमा १०६ रन बनायो । १०७ रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको त्रिपुरा (ए)ले ९.३ ओभरमा ७७ रन बनाउँदै अलआउट भयो । उक्त खेलमा बाराकोटका प्रकाश बिष्ट म्यान अफ दि म्याच घोषित भए । 

आजै भएको दोश्रो खेलमा रणशैनीले केदारबेताल लेजेण्डलाई ३४ रनले पराजित गरेको छ । टस जितेर पहिला ब्याटिङ गरेको रणशैनीले १० ओभरमा ९ विकेट गुमाउँदै १२० रन बनायो । 

Atrya hospital

१२१ रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको केदारबेताल लेजेण्डले १० ओभरमा ६ विकेटको क्षतिमा ८६ रनमा समेटियो । उक्त खेलमा रणशैनीका रमेश धामी म्यान अफ दि म्याच घोषित भए । 

यस्तै आजै भएको तेश्रो खेलमा विनासौंले त्रिपुरा (ए)लाई ८ विकेटले पराजित गरेको छ । टस जितेर पहिला ब्याटिङ गरेको त्रिपुरा (ए)ले १० ओभरमा ७ विकेट गुमाउँदै १०२ रन बनायो । १०३ रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको विनासौंले ६.२ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । उक्त खेलमा विनासौंका सुनिल कार्की म्यान अफ दि म्याच घोषित भए । 

यस्तै आजै भएको चौथो खेलमा रणशैनीले फेयरलेस फाइटरलाई ४८ रनले पराजित गरेको छ । रणशैनीले पहिला ब्याटिङ गर्दै १० ओभरमा ४ विकेट गुमाएर १६० रन बनायो । १६१ रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको फेयरलेस फाइटरले १० ओभरमा ७ विकेट गुमाउँदै ११२ रनमा समेटियो । उक्त खेलमा रणशैनीका जगदीश मौनी म्यान अफ द म्याच घोषित भए । 

आजै भएको पाचौं खेलमा विनासौंले बाराकोटलाई ३ विकेटले पराजित गरेको छ । टस जितेर पहिला ब्याटिङ गरेको बाराकोटले १० ओभरमा ५ विकेट बनाएर ९५ रन बनायो । ९६ रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको विनासौंले ७.५ ओभर खेल्दै ७ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । उक्त खेलमा विनासौंका नवराज भट्ट म्यान अफ दि म्याच घोषित भए । 

यस्तै आज भएको अन्तिम खेलमा फेयरलेस फाइटरले केदारबेताल लेजेण्डलाई ७ विकेटले पराजित गरेको छ । टस जितेर पहिला ब्याटिङ गरेको केदारबेतालले ८.१ ओभरमा अलआउट हुँदै ७७ रन बनायो । ७८ रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको फेयरलेस फाइटरले ५.२ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । उक्त खेलमा फेयरलेस फाइटरका दिपक थलाल म्यान अफ दि म्याच घोषित भए । 

देहीमाण्डौंमा रहेको आशिर्वाद बेकरी एण्ड क्याफेको आयोजनामा बुधबारदेखि शुरु भएको प्रतियोगितामा २५ टीमको सहभागिता रहेको छ । गत बर्षदेखि क्याफेले तिहारको उपलक्ष्यमा प्रतियोगिताको आयोजना गर्दै आएको छ । 

प्रतियोगितामा प्रथम हुने टीमलाई नगद ४१ हजार १५१ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै दोश्रो हुने टीमलाई नगद १८ हजार १५१ सहित ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिने प्रतियोगिता संयोजक लवकुश बोहराले बताए । 

यस्तै म्यान अफ दि सिरिजलाई ४ हजार एक सय नगदसहित ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने बेस्ट बलर र बेस्ट ब्याट्सम्यानलाई २ हजार १ सयका दरले नगद पुरस्कारका साथै ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  १८:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update