Sagun Khabar
बैतडीको पाटनमा सम्पन्न पिपिएल क्रिकेटको उपाधी मेलौलीलाई 

बैतडी –बैतडीको पाटनमा सम्पन्न तेश्रो संस्करणको पाटन प्रिमियर लिग (पिपिएल)टी–२० क्रिकेट प्रतियोगिताको उपाधी मेलौली नगरपालिकाले जितेको छ । 

शुक्रबार भएको फाइनल खेलमा टिम क्वालिटी कैलपाललाई ४० रनले पराजित गर्दै उपाधी उचालेको हो । उपाधी उचालेको मेलौलीले प्रथम पुरस्कार १ लाख ११ हजार १११ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यसैगरी द्वितीय भएको कैलपालले ५५ हजार ५५५ रुपैया नगदसहित ट्रफी मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ । 

Atrya hospital

मेलौलीले दिएको २१४ रनको लक्ष्य पछ्याउने क्रममा कैलपालले १८.१ बलमा अलआउट हुँदै १७३ रनमा समेटियो । कैलपालका दिनेश बिष्टले ४६रन बनाएका थिए । अन्य ब्याटर चल्न नसक्दा कैलपाल पराजित हुन पुग्यो । मेलौलीका नरेन भट्टले ३ विकेट लिए । 

यसअघि कृष्ण माविको खेलमैदानमा टस जितेर ब्याटिङ थालेको मेलौलीले निर्धारित २० ओभरमा ९ बिकेट गुमाउँदै २१३ रन बनाएको थियो । मेलौलीका अभिषेक पालले शतकीय पारी खेले । उनले ४४ बलको समाना गरेका थिए । मेलौलीका नरेन भट्टले ३५ रन बनाए ।  पहिलो विकेटका लागि नरेन र अभिषेकले १५४ रनको साझेदारी गरेका थिए । कैलपालका प्रदिप चन्दले ३ विकेट लिए । 

मेलौलीलाई जिताउन महत्वपूण भूमिका निर्वाह गरेका अभिषेक म्यान अफ द फाइनल चुनिए । 

यसैगरी प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका कैलपालका प्रदिप चन्द उत्कृष्ट ब्याट्सम्यान सहित म्यान अफ द सिरिज चुनिए । उनले म्यान अफ द सिरिजको २२ हजार २२२ तथा बेस्ट ब्याट्सम्यानको ११ हजार १११ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । यसैगरी कैलपालकै लोकेन्द्र बहादुर चन्द प्रतियोगिताका उत्कृष्ट बलर चुनिए । उनले ११ हजार १११ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त  गरे ।
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  १७:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update