Sagun Khabar
बैतडीः स्थानीय सरकारले लिने सिफारिस शुल्क महंगो भएको युवाहरुको गुनासो 

बैतडी– बैतडीमा स्थानीय सरकारले सेवाग्राहीबाट महंगो शुल्क लिने गरेको गुनासो बढेको छ । यहाँका स्थानीयतह हरुले विभिन्न सेवा लिँदा  महंगो शुल्क लिने गरेका भन्दै  नागरिकहरुको गुनासो बढेको हो । जिल्लाको सुर्नया गाउँपालिकाले सेवा ग्राहीबाट लिने शुल्क महंगो भएको युवाहरुको गुनासो छ ।

वडा नं ३ डुंगरी गाउँकी भागरथी ऐरले आफुबाट आय प्रमाणित दस्तुर झण्डै ९ हजार लिएको  बताइन् । वडाले मात्रै  कागजमा छाप हानेको ८ हजार ७ सय २८ रुपैँया लिएको उनको भनाई  छ । सिफारिसमा पनि वडाले ५ सय लिने गरेको  छ । यता वडा नं ३ का वडा सचिव लक्ष्मी भट्टले  भने पालिकाले बनाएको आर्थिक ऐन अनुसार नै शुल्क लिएको बताइन् ।  यस्तै वडा नं २ ले पनि  सिफारिस दस्तुर ५ सय रुपैँया लिने गरेको  छ ।

Atrya hospital

वडाहरुले यसरि महंगो शुल्क असुल्दा जनता मारमा परेका युवा चन्द्र सिंह ऐरको भनाई छ ।गाउँपालिकाले  तोकेको शुल्कले जनता मारमा परेकाले यसमा पुर्नविचार  गर्नु पर्नेमा उनले जोड दिए । गरिब जनताको ढाड सेक्ने  गरि लिने शुल्क घटाउनु पर्ने उनको भनाई छ ।

एक सिफारिस पत्रमा छाप हानेको ५ देखि ६ सय सम्म लिँदा गरिब जनता समस्यामा परेका युवाहरुको भनाई छ । जनताहरुबाट अनुमोदित जनप्रतिनिधिहरुले जनतालाई सौलियत दिनु पर्नेमा चर्काे शुल्क लिने गरेको भन्दै पालिकाका युवाहरु आक्रोसित छन् ।  अन्य  पालिकाहरुले  पनि   शुल्क महंगो नै  लिने  गरेका सेवाग्राहीहरुको गुनासो बढ्दै गएको छ ।  यता जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी शंकर बहादुर  बोहराले पनि स्थानीय सरकारले लिने शुल्क महंगो भएको  गुनासो बढेका बताए ।

आर्थिकको अनुमति स्थानीय सरकारलाई नै भएकाले स्थानीय  सरकारले आ आफनै ढंगबाट शुल्क लिने गरेका र त्यो मंहगो भएको भन्न्ने गुनासो जनताबाट प्रशासन सम्म आउने गरेको  उनको  भनाई छ । बैतडीमा स्थानीयतह पिच्छे नै  सिफारिस  शुल्क फरक देखिएको सूचना अधिकारी  बोहराले बताए ।   
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  ०८:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update