बैतडी –बैतडीको पाटनमा जारी तेश्रो संस्करणको पाटन प्रिमियर लिग (पिपिएल)को उपाधीका लागि मेलौली र कैलपाल भिड्ने भएका छन् ।
पंचकोटीलाई रोमान्चक ६ रनले पराजित गर्दै मेलौली फाइनलमा प्रवेश गरेको हो भने टिम क्वालीटी दोगडाकेदार १३० रनले हराउँदै टिम क्वालिटी कैलपाल फाइनलमा प्रवेश गरेको हो ।
फाइनल प्रतिस्पर्धा भोलि (शुक्रबार) हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम हुने टीमलाई १ लाख ११ हजार १११ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । द्वितीय हुने टीमलाई ५५ हजार ५५५ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।
यसैगरी प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले म्यान अफ द म्याच स्वरुप २२ हजार२२२ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरी बेष्ट बलर तथा बेष्ट ब्याट्सम्यानले जनही ११,१११ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।