Sagun Khabar
बैतडीमा एबीसी क्रिकेट प्रतियोगिता : आज ५ खेल सम्पन्न 

बैतडी –बैतडीको देहीमाण्डौंमा जारी एबीसी टी–१० क्रिकेट प्रतियोगितामा आज पाँच खेल सम्पन्न भएका छन् । निङ्गलाशैनी खेलमैदान देहीमाण्डौंमा जारी प्रतियोगिताको पहिलो खेलमा फुकुरे ब्वाइजले जेडीआरलाई १० विकेटले पराजित गरेको छ । 

टस जितेर पहिला ब्याटिङ गरेको जेडीआरले ८ विकेटको क्षति १३३ रन बनायो । १३४ रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको फुकुरे ब्वाइजले ९.२ ओभर खेल्दै लक्ष्य हात पार्यो । उक्त खेलमा फुकुरे ब्वाइजका भुपेश बोहरा म्यान अफ दि म्याच घोषित भए । 

यस्तै आजै भएको दोश्रो खेलमा लालीगुराँश क्रिकेट क्लब पञ्चेश्वरले भूमीराज क्रिकेट क्लबलाई ३ विकेटले पराजित गरेको छ । टस जितेर पहिला ब्याटिङ गरेको भूमीराजले ८ विकेटको क्षतिमा १२६ रन बनायो । 

Atrya hospital

१२७ रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको लालीगुराँशले ९.४ ओभरमा ७ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । उक्त खेलमा लालीगुराँशका पंकज साउँद म्यान अफ दि म्याच घोषित भए । 

यस्तै आजै भएको तेश्रो खेलमा ग्वाल्लेक युथ क्लबले फुकुरे ब्वाइजलाई ८ विकेटले पराजित गरेको छ । टस जितेर फिल्डिङ रोजेको ग्वाल्लेकले फुकुरेलाई ब्याटिङको निम्तो दिएको थियो । फुकुरेले १० ओभर खेल्दै ७ विकेटको क्षतिमा ९१ रन बनाउन सफल भयो । 

९२ रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको ग्वाल्लेकले ६.५ ओभर खेल्दै लक्ष्य पूरा गर्यो । उक्त खेलमा ग्वाल्लेकका पंकज जोशी म्यान अफ द म्याच घोषित भए । 

यस्तै आजै भएको चौथो खेलमा निङ्गलाशैनी बलास्टरले कैलपाल (बी)लाई ७३ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको निङ्गलाशैनीले निर्धारित १० ओभरमा ६ विकेट गुमाउँदै १८७ रन बनायो । 

१८८ रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको कैलपाल (बी)ले १० ओभरमा ६ विकेटको क्षतिमा ११४ रन मात्रै बनाउन सक्यो । उक्त खेलमा निङ्गलाशैनी बलास्टरका केशव बोहरा म्यान अफ दि म्याच घोषित भए । 

यस्तै आज भएको अन्तिम खेलमा ग्वाल्लेक युथ क्लबले जेडीआरलाई ७ विकेटले पराजित गरेको छ । टस जितेर पहिला ब्याटिङ गरेको जेडीआरले ९.४ ओभरमा अलआउट हुँदै ६३ रन बनायो । ६४ रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको ग्वाल्लेकले ५ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । उक्त खेलमा ग्वाल्लेकका देव जोशी म्यान अफ द म्याच घोषित भए । 

देहीमाण्डौंमा रहेको आशिर्वाद बेकरी एण्ड क्याफेको आयोजनामा बुधबारदेखि शुरु भएको प्रतियोगितामा २५ टीमको सहभागिता रहेको छ । गत बर्षदेखि क्याफेले तिहारको उपलक्ष्यमा प्रतियोगिताको आयोजना गर्दै आएको छ । 

प्रतियोगितामा प्रथम हुने टीमलाई नगद ४१ हजार १५१ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै दोश्रो हुने टीमलाई नगद १८ हजार १५१ सहित ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिने प्रतियोगिता संयोजक लवकुश बोहराले बताए । 

यस्तै म्यान अफ दि सिरिजलाई ४ हजार एक सय नगदसहित ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने बेस्ट बलर र बेस्ट ब्याट्सम्यानलाई २ हजार १ सयका दरले नगद पुरस्कारका साथै ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । 
 

प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  १७:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update