Sagun Khabar
अफगानिस्तानलाई हराउँदै अष्ट्रेलिया विश्वकपको सेमिफाइनलमा, म्याक्सवेलको दोहोरो शतक

काठमाण्डौं –आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अष्ट्रेलियाले अफगानिस्तानलाई ३ विकेटले हराएको छ ।

गएराति अफगानिस्तानले दिएको २९२ रनको लक्ष्य अष्ट्रेलियाले ४६ ओभर ५ बलमा ७ विकेट गुमाएर पूरा गरेको हो । 
अष्ट्रेलियाका ग्लेन म्याक्सवेलले दोहोरो शतकीय पारी खेले। उनले २०१ रन बनाए । १२८ बलको सामना गरेका म्याक्सवेलले १० छक्का र २१ चौका प्रहार गरे । 

Atrya hospital

जितसँगै अस्ट्रेलियाले विश्वकप क्रिकेटको सेमिफाइनलमा स्थान बनाएको छ ।

पहिलो स्थानमा रहेर भारत र दोस्रो स्थानमा रहेर दक्षिण अफ्रिकाले सेमिफाइनलमा स्थान बनाइसकेका छन् । 
चौथो स्थानका लागि न्युजिल्याण्ड, पाकिस्तान र अफगानिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।
 

प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०  ०७:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update