Sagun Khabar
कृषि ज्ञान केन्द्रमा दरबन्दी अनुसारका कर्मचारी नहुँदा कार्यक्रम कार्यान्वयनमै समस्या 

बैतडी –कृषि ज्ञान केन्द्र बैतडीमा दरबन्दी अनुसारका कर्मचारी नहुँदा कार्यक्रम कार्यान्वयनमै समस्या भएको छ । १७ जनाको दरबन्दी रहेको कार्यालयमा अहिले ८ जनामात्रै कार्यरत रहेका छन् । दरबन्दीको आधाभन्दा बढी कर्मचारी रिक्त हुँदा कामकाजमा बाधा पर्दै आएको छ । 

कार्यालय प्रमुखको रुपमा नवौं वा दशौं तहको एकजनाको दरबन्दी रहेपनि खाली रहेको कार्यालयका निमित्त प्रमुख घनश्याम चौधरीले बताए । 

Atrya hospital

कार्यालयमा ६ जना कृषि अधिकृतहरुको दरबन्दी रहेको भएपनि अहिले तीनजना मात्रै कार्यरत रहेका छन् । ती मध्ये पनि दुई जना करारका अधिकृत रहेका कार्यालय प्रमुख चौधरीले बताए । 

६ जना अधिकृतको दरबन्दीमध्ये स्थायी एक जनामात्रै कार्यरत रहेका छन् भने दुईजना करारमा कार्यरत रहेका छन् । यस्तै पाचौं अथवा छैटौं तहका ५ जनाको दरबन्दी रहेको कार्यालयमा ३ जनामात्रै कार्यरत रहेका छन् । ती मध्ये पनि एकजना अध्ययन बिदामा रहेका कार्यालय प्रमुख चौधरीले बताए । 

कृषि ज्ञान केन्द्रमा एकजना नायब सुब्बाको दरबन्दी पनि खाली रहेको छ । 

कार्यालयमा दरबन्दी अनुसारका कर्मचारी नहुँदा कार्यक्रम कार्यान्वयनमा निकै समस्या रहेको कार्यालय प्रमुख चौधरीले बताए । कार्यालयले जिल्लाभरी कार्यक्रम सञ्चालन गर्ने र ती कार्यक्रमहरुको अनुगमन पनि गर्नुपर्ने हुन्छ । तर कर्मचारीको अभावमा कार्यक्रम अनुगमनमा समेत समस्या रहेको छ । 

स–सानो बजेटमा जिल्लाभरी कार्यक्रम तय गरिएका तर कर्मचारीको अभावमा सबै ठाउँमा अनुगमन गर्न समेत अप्ठ्यारो रहेको चौधरीले बताए । 
 

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  ०९:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update