Sagun Khabar
सुदूरपश्चिममा मंगलबार ६६ जनामा कोरोना पुष्टि, १६ जना संक्रमणमुक्त 
Atrya hospital

बैतडी –सुदूरपश्चिममा मंगलबार कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ । पछिल्लो २४ घण्टामा प्रदेशका कुनै जिल्लाबाट पनि कोरोनाका कारण मृत्यु भएको विवरण प्राप्त नभएको क्षेत्रीय स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ६६ जनामा संक्रमण पुष्टि भएको छ । ९७८ जनाको नमूना परीक्षण गर्दा ६६ जनामा कोरोना पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा प्रदेशभरी १६ जना संक्रमणमुक्त भएका निर्देशनालयको तथ्यांकमा उल्लेख छ । 

प्रकाशित मिति: मंगलबार, असार २९, २०७८  १७:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update