Sagun Khabar
बैतडीको हतास–ठूलीखाली सडक अवरुद्ध 
Atrya hospital

बैतडी –लगातारको बर्षाका कारण पहिरो खस्दा बैतडीका विभिन्न ठाउँका ग्रामीण सडक अवरुद्ध भएका छन् । कच्ची सडकहरुमा पहिरो खस्दा सडक अवरुद्ध बनेका स्थानीयहरुले बताएका छन् । लगातारको बर्षाले पहिरो खस्दा पाटन नगरपालिकाका १० को हतास–ठूलीखाली सडक अवरुद्ध भएको स्थानीय भरत पन्तले जानकारी दिए ।

गाउँ जाने अवरुद्ध भएपछि बारीमा उत्पादन भएको तरकारी बजार सम्म पुर्याउन समेत समस्या भएको स्थानीय देवदत्त पन्तले जानकारी दिए  । यस्तै बिरामीहरुलाई समयमै अस्पातल पुर्याउन समेत समस्या भईरहेको उनले बताए । उनले भने ‘गाउँमा जाने सडक अवरुद्ध भएपछि कृषि उपज बजारमा पुर्याउन समस्या भएको छ ।’

बर्षातको समयमा जिल्लाका सबै ठाउँमा ग्रामीण कच्ची सडक बर्षेनी अवरुद्ध हुने गरेका छन् । 
 

प्रकाशित मिति: मंगलबार, असार २९, २०७८  १७:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update