Sagun Khabar
बैतडीमा मंगलबार ७ जनाले कोरोना जिते, नयाँ संक्रमितको संख्या शुन्य 

बैतडी –बैतडीमा मंगलबार ७ जनाले कोरोना जितेका छन् । जिल्लाको डिलाशैनी गाउँपालिकाका ४ जना, दशरथचन्द नगरपालिकाका १ जना, मेलौली नगरपालिकाका एकजना र दार्चुलाका एक जनाले कोरोना जितेको स्वास्थ्य कार्यालयले जनाएको छ । 

आज पनि नयाँ संक्रमितको संख्या शुन्य रहेको छ । १८३ जनाको कोरोना परीक्षण गर्दा सबैको रिपोट नेगेटिभ आएको छ । यसअघि सोमबार पनि बैतडीमा नयाँ संक्रमितको संख्या शुन्यमा झरेको थियो । जिल्लामा अहिले ८६ जना सक्रिय संक्रमित रहेका छन् । 

Atrya hospital

सक्रिय संक्रमित मध्ये दोगडाकेदार गाउँपालिकामा ३६ जना, सुर्नया गाउँपालिकामा १३ जना,दशरथचन्द नगरपालिकामा ८ जना,  पाटन नगरपालिकामा ७ जना र मेलौली नगरपालिकामा ६ जना रहेका छन् । 

यस्तै डिलाशैनी गाउँपालिकामा २ जना, पुर्चौंडी नगरपालिकामा २ जना, पञ्चेश्वर गाउँपालिकामा १ जना र सिगास गाउँपालिकामा १ जना सक्रिय संक्रमित रहेका छन् । बैतडीमा अन्य जिल्लाका १० जना सक्रिय संक्रमित रहेका बताइएको छ । 
 

प्रकाशित मिति: मंगलबार, असार २९, २०७८  १५:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update