दार्चुला –दार्चुलामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको नौगाड गाउँपालिका–६ थालिगडा की ३२ वर्षीया हिरा धामीको आज शुक्रवार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए ।
घर नजिकै रहेको रातापड भन्ने भिरबाट खर काट्ने क्रममा बिहीबार लडेर गम्भीर घाइते भएकी धामीको उपचारका लागि धनगढी लैजाँदै गर्दा डडेल्धुराको भत्काँडा भन्ने स्थानमा मृत्यु भएको प्रहरी निरीक्षक सिंहले बताए ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८० १८:००
प्रतिक्रिया दिनुहोस्