Sagun Khabar
बैतडीको पाटन नगरपालिकाद्वारा स्थानीय पाठ्यक्रम निर्माण 

बैतडी –बैतडीको पाटन नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरेको छ । पाटन परिचय नाम दिएर पाठ्यक्रम तयार पारिएको नगरपालिकाका प्रवक्ता लोकबहादुर भण्डारीले जानकारी दिए । पाठ्यक्रम निर्माण समितिले तयार पारेको पाठ्यक्रम नगरकार्यपालिकाबाट स्वीकृत गरिएको उनले बताए । 

नगरपालिकामा स्थानीय पाठ्यक्रम चालु शैक्षिक सत्रबाट लागू गरिएको नगरपालिकाका शिक्षा शाखा प्रमुख बिर्खराज भट्टले जानकारी दिए । पाठ्यक्रममा स्थानीय भाषा, संस्कृति, भेषभुषा,इतिहास, धार्मिक सम्पदा, पेशा व्यवसाय जस्ता बिषयवस्तु समेटिएका उनले जानकारी दिए । उनले भने ‘हामीले स्थानीय परिवेश समेटेर पाठ्यक्रम तयार पारेका छौं । विद्यार्थीहरुलाई स्थानीय परिवेशका बिषयमा सिकाई हुने उद्देश्य पाठ्यक्रम रहेको छ ।’

Atrya hospital

नगरकार्यपालिकाबाट पाठ्यक्रम स्वीकृत भईसकेकाले चालु शैक्षिक सत्रबाटै पाठ्यक्रम लागू हुने उनले बताए ।पाठ्यक्रम तयार पारेर विद्यालयहरुमा पठाउने तयारी समेत शिक्षा शाखा प्रमुख भट्टले जानकारी दिए । पाटन नगरपालिकामा ६३ ओटा सामुदायिक विद्यालय रहेका छन् । ती सबै विद्यालयमा कक्षा १ देखि ३ सम्म पठनपाठन गर्ने गरी स्थानीय पाठ्यक्रम तयार पारिएको बताइएको छ । 

आगामी शैक्षिक सत्रमा अन्य कक्षाका लागि पनि पाठ्यक्रम तयार पारिने शिक्षा शाखा प्रमुख भट्टले बताए । 
 

प्रकाशित मिति: मंगलबार, असार २९, २०७८  ०९:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update