काठमाण्डाै - आईसीसी टी–२० विश्व कप एसिया क्षेत्र छनोटकाे फाइनल खेलमा ओमानले नेपाललाई पाँच रनले हराएकाे छ । त्रिवि मैदान कीर्तिपुरमा भएकाे खेलमा ओमानले दिएकाे १ सय ४६ रनकाे लक्ष्य पछ्याएकाे नेपालले २० ओभरमा १ सय ४० रन बनाएर अल आउट भयाे ।
नेपालका लागि विवेक यादवले सर्वाधिक ३९ रन बनाए । कुशल भुर्तेलले २६, करण केसीले १५ रन बनाए भने कप्तान राेहित पाैडेल, साेमपाल कामी र सन्दीप जाेराले समान १२/१२ रन बनाए ।
बलिङतर्फ नेपालका करण केसीले ३ विकेट लिए । सोमपाल कामी र सन्दीप लामिछानेले २/२ विकेट लिए भने गुल्शन झा र अविनाश बोहोराले एक/एक विकेट लिए ।
ओमानका कप्तान जेसन मक्सदले सर्वाधिक ३२ रन जोडे । यस्तै, नसिम खुशीले २५, प्रतीक अथावाले २४ रन र सकिल अहमेदले २२ रन जोडे । अरु ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् । दुवै टोली सेमिफाइनलमा पुगेका छन् ।