Sagun Khabar
बैतडी प्रहरी संग छैन् ‘मापसे’ जाँच गर्ने मेसिन

बैतडी- बैतडीमा ट्राफिक प्रहरी संग मापसे  जाँच  गर्ने मेसिन नहुँदा समस्या भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय  र  मातहतका  अस्थायी  पोष्टहरु संग मापसे जाँच गर्ने मेसिन नहुँदा समस्या भएको हो ।

मादक पदार्थ सेवन (मापसे) गरे–नगरेको जाँच गर्ने ब्रेथलाइजर नहुँदा चेकजाँचमा समस्या भएको अस्थायी ट्राफिक प्रहरी पोष्ट पाटनका बरिष्ठ  हबलदार ललित महराले जानकारी दिए । आफुहरु संग ब्रेथलाईजर मेसिन भएपनि केहि समय देखि बिग्रिदा समस्या भएको उनले बताए ।

Atrya hospital

अहिले मापसे  जाँच गर्ने  मेसिन नहुँदा समस्या भएको  उनले  बताए । खोड्पेमा भएको  मेसिन समेत बिग्रिएको  बताइएको छ । मापसे जाँच गर्ने मेसिन ब्रेथलाईजर नहुँदा समस्या भएको अस्थायी ट्राफिक पोष्ट सतबाँझका ट्राफिक प्रहरी सहायक हबलदार मोहन सिंह विष्टले बताए ।

ब्रेथलाईजर बिग्रिएकाले अहिले सुँघेरै मापसे जाँच गर्ने  गरिएको उनले बताए । ब्रेथलाईजर मेसिन अभावले राजमार्गमा प्रभावकारी रुपले मापसे जाँच हुन सकेको छैन् । मापसे जाँच गर्ने मेसिन अभाव हुँदा सवारी दुर्घटना बढ्ने खतरा बढ्दै गएको छ ।

भएका पुराना ब्रेथलाइजर मेसिन पनि बिग्रिएका  कारण मापसे जाँचमा समस्या भएको ट्राफिक प्रहरी कार्यालय बैतडीका प्रमुख तेज बहादुर  रावलले  बताए । पुराना मेसिन बिग्रिएर खराब भएको कुरा प्रदेश ट्राफिक प्रहरीलाई अवगत गराएको र तिहार अगाडी नै नयाँँ मेसिन आइपुग्ने उनले बताए ।

मापसे जाँच गर्ने ब्रेथलाईजर नहुँदा अहिले ट्राफिक प्रहरीले सुँघेरै मापसे जाँच गर्नुपरिहरेको छ । सुँघेर जाँच गर्दा ट्राफिक प्रहरीलाई अन्य रोग सर्ने समेत खतरा छ । 

प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०  १३:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update