Sagun Khabar
सुर्नयाको सार्वजनिक सुनुवाई कार्यक्रम, केन्द्र छाडेर साँफेबगरमा  किन?  

बैतडी- बैतडीको सुर्नया गाउँपालिकाले चालु आर्थिक वर्षको प्रथम चौमासिकको सार्वजनिक सुनुवाई  कार्यक्रम गर्दै छ । गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०÷८१ को प्रथम चौमासिकको सार्वजनिक सुनुवाई गर्न लागेको हो । 

गाउँपालिकाले मंगलबार एक सूचना जारी गरेर चालु आर्थिक वर्ष २०८०÷८१ को प्रथम चौमासिक सार्वजनिक सुनुवाई कात्तिक २२ गते हुने जनाएको छ । तर गाउँपालिकाले वडा नं  ५ मा रहेको  केन्द्र छाडेर  सार्वजनिक सुनुवाई  कार्यक्रम वडा नं  ८ को कार्यालयमा राखेको  छ । 

Atrya hospital

वडा नं ८ को कार्यालय  साँफेबगरमा  गाउँपालिकाले सार्वजनिक सुनुवाई  हुने भनेर  सूचना जारी गरेपछि जनस्तरबाट आलोचना भैरहेको छ । वडा नं १, २ , ३ , ४ र ५  का जनताले सार्वजनिक सुनुवाई  हुने  ठाउँमा पुग्न घण्टौँ सयम लाग्छ भने  गाडी भाडा समेत महँगो  पर्छ ।  अन्य  वडाका नागरिकहरुलाई पनि सो ठाउँमा जान समस्या नै हुन्छ  । 

स्थानीय सरकारले गरेका सेवा प्रवाह तथा विकास निर्माण लगायतका योजनाका बारेमा आम गाउँबासीलाई अवगत गराउने हेतुले सार्वजनिक सुनुवाई गरिन्छ । जनता, जनप्रतिनिधि तथा कर्मचारीहरुबिच दोहोरो संवाद हुने सार्वजनिक सुनुवाई कार्यक्रम गाउँपालिकाले वडा नं ८ मा राख्दा जनसहभागिता न्यून हुने देखिन्छ । 

जनता र जनप्रतिनिधिहरु बिच भैगरेका र अगामि योजनाका बारेमा प्रश्नोत्तरि हुने सार्वजनिक सुनुवाई कार्यक्रम जनताबाट टाढा एकान्त ठाउँमा राख्न  खोजेको भन्दै जनप्रतिनिधिहरुको अहिले आलोचना भैरहेको छ । गाउँपालिकाले ढोलेमा कार्यम्रकम राखेर जवाफ देहिताबाट भाग्न खोजेको  स्थानीय युवा जयन्त प्रशाद भट्टको  आरोप छ।

सबैको पाइक पर्ने  ठाउँ केन्द्रमा सार्वजनिक सुनुवाई कार्यक्रम राख्न उनले  गाउँपालिकालाई अनुरोध समेत गरेका छन् । यता गाउँपालिकाका अध्यक्ष अम्मर बहादुर कुँवरले माथिल्लो भेगका जनताले अहिले  सम्म कार्यक्रममा सहभागिता नजनाएकाले उनिहरुको पनि यस्ता कार्यक्रममा सहभागिता होस भनेर  साँफेबगरमा कार्यक्रम राखिएको बताए ।

     गाउँपालिकामा सबै संग सल्लाह गरेर प्रथम चौमासिकको   सार्वजनिक सुुनुवाई कार्यक्रम  राखिएको उनले  बताए । यस पछिका सार्वजनिक सुनुवाई  कार्यक्रम  वडा नं १, २ र ३ का जनतालाई  समेट्ने गरेर राखिने अध्यक्ष कुँवरले बताए । अन्तिम चौमासिकको  सार्वजनिक सुनुवाई  पालिकाको केन्द्रमा गर्ने योजना रहेको  समेत  अध्यक्ष कुँवरले बताए ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  १५:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update