Sagun Khabar
सुदूपश्चिममा सोमबार कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य, थप ६१ जनामा संक्रमण पुष्टि 
Atrya hospital

बैतडी –सुदूरपश्चिममा सोमबार कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ । प्रदेशका कुनै जिल्लाबाट पनि कोरोनाबाट मृत्यु भएको विवरण प्राप्त नभएको क्षेत्रीय स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ६१ जनामा कोरोना पुष्टि भएको छ । १ हजार ११४ जनाको नमूना परीक्षण गर्दा थप ६१ जनामा कोरोना पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा ३७ जना संक्रमणमुक्त भएका छन् । 

प्रकाशित मिति: सोमबार, असार २८, २०७८  १८:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update